logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


अंकुरण खबर
702
Shares

नेपाली कांग्रेस सपभाति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

आज २ बजे पार्टी कार्यालयमा सानेपामा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा आगामी १४औं महाधिवेशनबारे छलफल हुने जनाएको छ।

यसअिघ बिहीबार पदाधिकारी बैठक बोलाइएको थियो। तर, प्रधानमन्त्री देउवाको व्यस्तताले आजलाई सारिएको उनले बताए।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएको छ। अहिले क्रियाशील सदस्यता छानबिनको काम भइरहेको छ।

महाधिवेशनसँगै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ। कांग्रेसको नेतृत्वमा सरकार गठनपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको हो।