logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागु पदार्थ र पाँच लाख रुपैयाँसहित काास्कीमा एकजना पक्राउ


अंकुरण खबर
780
Shares

ठूलो परिमाणको लागू पदार्थ र नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१ बगरका ४९ वर्षीय अर्जुनकुमार गुरुङ रहेका छन् ।

उनलाई गत असार ३० गते साँझ ५ बजे बगरबाटै पक्राउ गरेको प्रहरी बताएको छ । कार्यालयकासूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार उनको साथबाट डाइजापाम ६७० एम्पुल, फेनेरागन ६७० एम्पुल, नुर्फिन ६७४ एम्पुल गरी दुई हजार १६ एम्पुल लागू पदार्थ, एक थान मोबाइल र नगद पाँच लाख २१ हजार २०० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गुरुङको घरबाट सुटकेसमा लुकाएर राखेको अवस्थामा नगदसहित लागू औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हामलले बताए ।

अभियुक्तलाई लागू औषध सम्बन्धी कसुर अन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।