logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय


अंकुरण खबर
988
Shares

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले नवनियुक्त प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई संसदमा विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले देउवाको विपक्षमा उभिन सांसदहरुलाई निर्देशन दिएको छ । उनले माधव नेपाल समूहका सांसदले विश्वासको मत दिए उनीहरुको व्यक्तिगत निर्णय हुने बताए ।

अलोकतान्त्रिक र अस्वस्थ ढंगबाट गठित सरकारलाई एमालेको कुनै समर्थनले विश्वासको मत नदिने उनको भनाई छ ।