logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरा महानगरमा खोप अभियान स्थगित


अंकुरण खबर
1.183K
Shares

पोखरा महानगरपालिकामा खोप अभियान स्थगित भएको छ।

५५ वर्ष माथिका नागरिकका लागि जोन्सन एन्ड जोन्सनको खोप दिने घोषणा महानगरले गरेको थियो।

कोरोनाविरुद्ध एक डोज मात्र लगाए पुग्ने उक्त खोप नचलाउने आदेश आएपछि खोप अभियान स्थगित गरिएको महानगरले जनाएको छ।

पोखरा महानगरका १८ देखि ३३ वडाबाहेक अन्य सबै वडाका ५५ वर्ष माथिका उमेर समूहलाई खोप दिने तयारी थियो। ६२ वर्षमाथि उमेर समूहका लागि आएको खोप समेत अन्य उमेर समूहले पनि लगाएकाले लक्षित उमेर समूहलाई सो खोप खोप नपुगेको बताइएको छ।

सरकारले पछिल्लोपटक ५५ वर्षमाथिका नागरिकका साथै शिक्षक, सार्वजनिक सवारीका चालक, सहचालक, अन्य अत्यावश्यक सेवाका कर्मचारीलगायतलाई खोप दिने व्यवस्था गरेको छ।