केही दिन यता नेपाली बजारमा सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ ।
आज छापावाला सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मुल्य भने ५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।