काठमाडौं – राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । यसअघिका जनगणनाका लागि शिक्षक खटाइने गरेको थियो ।
केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकलाई नखटाउने निर्णय गरेको हो । शैक्षिक क्लालेन्डर नबिग्रियोस् भन्ने मानसिकताअनुसार जनगणनाका लागि शिक्षक नखटाइने भएको विभागले जनाएको छ ।
यसपटक करिब ५२ हजार युवालाई जनगणनामा खटाउने विभागको तयारी छ । जनगणनाका लागि ४३ हजार २ सय ७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर नयाँ भर्ना गरिनेछ । तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गरेको छ ।