logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली सरकारले गरेका राजदूतको नियुक्ती खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय


अंकुरण खबर
1.248K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका राजदूतको नियुक्ती खारेज गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले जेठ १ मा ११ देशका लागि गरेको राजदूत नियुक्ती खारेज गरेको हो।

संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

अघिल्लो सरकारले अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइनलगायत देशमा राजदूत नियुक्त गरेको थियो।