logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मलेशियामा एक नेपालीको निधन


अंकुरण खबर
1.95K
Shares

रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको निधन भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४:३० बजेतिर निधन भएको हो ।

दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको निधन भएको आफन्तले बताएका छन् ।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’मा काम गर्न एक महिना अघि मात्रै मलेशिया गएका थिए । केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको आफन्तले  जानकारी दिएका छन् ।