logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

आज यी नदीहरूमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन सुझाव


अंकुरण खबर
2.912K
Shares

आज मुलुकका अधिकांश ठूला तथा साना नदीहरूमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज महाकाली, कर्णाली, नारायणी, कोशी र यिनका सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, अरूण लगायतका नदीहरुमा बहाब बढ्ने महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार यीमध्ये केही नदीहरूमा बहाव सतर्कता तह पार गर्न सक्ने देखिन्छ ।

तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।