logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाविरुद्धको जोन्सन खोप काठमाडौंमा १८ वर्ष माथिकालाई पनि दिइने


अंकुरण खबर
1.053K
Shares

कोरोना भाइरस संक्रमणविरुद्धको जोन्सन एण्ड जोन्सन खोप अब काठमाडौंमा १८ वर्ष माथिका सबै नागरिकले पाउने भएका छन् ।

काठमाडौंमा उपलब्ध गराइएको एक लाख ४० हजार डोज खोपमध्ये अझै एक लाख डोज बाँकी रहेपछि आज (बुधबार) देखि १८ वर्ष माथिका नागरिकलाई पनि लगाउन दिइने भएको हो ।

यसअघि यो खोप खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा स्वास्थ्यकर्मीलाई मात्र उपलब्ध गराइएको थियो ।

खोप बाँकी रहेपछि अन्य १८ वर्षमाथिका नागरिकलाई पनि लगाउन दिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले भने, “बाँकी रहेको खोप लगाउन लागिएको छ । जोन्सन एन्ड जोन्सनको करिब एक लाख खोप बचेको छ। कतिजनालाई पुग्छ, त्यति लगाएर अरु खोपको व्यवस्था गरिनेछ।”