logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ अध्ययनले भन्यो : जोन्सन एण्ड जोन्सन खोपको एक मात्राले पुग्दैन 


अंकुरण खबर
832
Shares

जोन्सन एण्ड जोन्सन खोपको एक मात्राले कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध कम प्रभाव पार्ने एक अध्ययनले देखाएको छ ।

कोरोना भाइरसको विरुद्ध अमेरिकामा हालसम्म १ करोड ३० लाखले जोन्सन एण्ड जोन्सन खोप लगाइसकेका छन् ।

तर, खोपको एक मात्राले ३३ प्रतिशत मात्रै काम गर्ने अध्ययनमा देखिएको हुँदा उनीहरूले फाइजर, मोर्डना या जोन्सनकै अर्को मात्रा लगाउन सुझाव दिइएको छ ।

केही महिनाअघि जोन्सन एण्ड जोन्सनले यो खोपको पहिलो मात्रा लगाएको ८ महिनापछि पनि प्रभावकारिता रहेको निष्कर्ष निकालेको थियो ।

हालै भएको नयाँ अध्ययनले जोन्सनको यो निष्कर्षमा विरोधाभास देखिएको छ । अहिले भएको नयाँ अध्ययनबारे विस्तृत रुपमा समीक्षा भइसकेको छैन ।

तर, यो अध्ययन अनुसार जोन्सन खोपको पहिलो मात्राले डेल्टा भेरियन्टविरुद्ध ३३ प्रतिशतमात्रै प्रभावकारिता देखिने जनाएको हो ।

‘हामी मानिसहरुलाई जोन्सन एण्ड जोन्सन खोप लगाउनै हुँदैन भन्ने सन्देश दिन चाहँदैनौ । तर, भविष्यमा यसको पहिलो खोपको मात्रा लगाउनेहरुले जोन्सन, फाइजर या मोर्डनाको अर्को मात्रा लगाउन पर्न सक्छ,’ न्यू योर्कस्थित ग्रसम्यान स्कुल अफ मेडिसिनका भाइरोलोजिस्ट नथानियल लान्डाउले भने ।

कोरोना भाइरसको डेल्टा भेरियन्ट सबैभन्दा बढी संक्रामक रुप मानिन्छ ।