logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा २,७१४ संक्रमित थपिए, २४ जनाको मृत्यु


अंकुरण खबर
858
Shares

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ७१४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२९ जनामा कोरोना परीक्षण गर्दा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टाकै अवधिमा कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संख्यासहित हालसम्म नेपालमा कोरोना भााइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार २८८ जना कोरोनाबाट मुक्त भएका छन् ।

अहिले कूल संक्रमितमध्ये निको हुनेको दर ९४.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।