logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनबाट आइपुग्यो थप १० लाख डोज भेरोसेल खोप


अंकुरण खबर
1.053K
Shares

चिनियाँ भ्याक्सिन उत्पादन कम्पनी सिनोफार्मको कोरोना भाइरस विरुद्धको खोप भेरोसेलको थप १० लाख डोज नेपाल आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको जहाज वाइडबडीले आज अपरान्ह १० लाख डोज भेरोसेल खोप नेपाल ल्याएको हो ।

बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका प्रवन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

यस्तै अर्को १० लाख डोज खोप ल्याउन आजै राति ११ बजे वाइडबडी फेरि बेइजिङतर्फ जाँदैछ । उक्त खोप भोलि दिउँसो काठमाडौं आइपुग्नेछ ।

बाँकी डोज ल्याउन शनिबार उक्त जहाज पुनः शनिबार बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी सिनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।

यसअघि चीन सरकारले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । अहिले नेपालमा धमाधम खोप अभियान सञ्चालन भइरहेको छ ।