logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सूर्यविनायकमा टिपरले ठक्करबाट युवकको मृत्यु


अंकुरण खबर
1.339K
Shares

भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

बिहीबार राति १ बजे सूर्यविनायक नगरपालिका- ८ आदर्शचोकस्थित अरनिको राजमार्गमा प्रदेश ३-०१-००६ ख २०३८ नम्बरको टिपरको ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार प्रदेश ३-०२-०२४ प ८०३३ नम्बरको स्कुटरमा सवार सूर्यविनायक ६ सिपाडोल निवासी २१ वर्षीय निरज श्रेष्ठको मृत्यु भएको हो।

तीव्र गतिमा रहेको स्कुटर टिपरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ का २९ वर्षीय रमेश माझीलाई प्रहरीले पक्राउ गरेको छ।