logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जोन्सन खोप लगाएका एक वृद्धको मृत्यु


अंकुरण खबर
1.495K
Shares

धादिङ नीलकण्ठ नगरपालिकामा कोरोना भाइरसविरुद्धको खोप लगाएका एक वृद्धको मृत्यु भएको छ ।

अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जोन्सन खोप लगाएका वृद्धको मृत्यु भएको हो ।

खोप लगाएर घर पुगेका वृद्धको खोप लगाएको तीन घण्टामा मृत्यु भएको परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले जनाएको छ ।

वृद्धको खोप लगाएका कारण मृत्यु भएको हो कि होइन भन्ने स्पष्ट छैन । यस बारेमा अनुसन्धान गर्न अध्ययन टोली घटनास्थल पुगेको महाशाखाले जनाएको छ ।