logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


अंकुरण खबर
845
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा उनीहरुबीच शुक्रबार साँझ भेटवार्ता भएको हो ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा ६ बजे शितलनिवास पुगेका थिए । उनीहरुबीच एक घण्टा छलफल भएको थियो ।

प्रधानमन्त्री नियमित भेटघाटका लागि राष्ट्रपतिलाई भेट्न गएको बताइएको छ ।

यसअघि आज दिउँसो नै राष्ट्रपति भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । भेटवार्तामा के विषयमा छलफल भयो भन्ने कुरा भने खुलाइएको छैन ।