logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हचुवा खोलामा बेपत्ता भएका युवकको शव फेला


अंकुरण खबर
1.313K
Shares

मोरङको केराबारी गाउँपालिका-३ मा रहेको हचुवा खोलाको दहमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार दहमा डुबेर मृत्यु भएको अवस्थामा भोजपुर घर भइ केराबारी–३ मा बस्दै आएका २४ वर्षीय किरण श्रेष्ठको शव भेटिएको हो।

पौडी खेल्न भनेर खोलाको पुलमुनिको दहमा पसेका श्रेष्ठ शनिबार दिउँसो ४ बजेतिर डुबेर बेपत्ता भएका थिए।

श्रेष्ठको शव स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले शनिबार राति ९ बजेतिर दहबाट बाहिर निकालेको एसपी राईले बताए। शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।