नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज (आइतवार) छापावाला सुन प्रतितोला एक सय रुपैयाँले घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रवार छापावाला सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, आज तेजाबी सुनको मूल्य समेत प्रतितोला एक सय रुपैयाँले घटेर तोलामा ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको छ ।