logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

शेयर बजारमा उल्साह, नेप्से परिसूचक ५४.३१ अंकले बढ्यो


अंकुरण खबर
1.781K
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको पहिलो दिन आइतवार उच्च अंकले बढेको छ ।

आइतबार नेप्से ५४.३१ अंकले बढेर ३ हजार ५८ दशमलब ६४ विन्दुमा पुगेको हो । उच्च विन्दुको बृद्धिसँगै नेप्सेले कारोबार रकमको पनि साथ पाएको छ ।

आज २२३ कम्पनीको १ लाख ४० हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार रुपैयाँ बराबरको ४ करोड ४१ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज नौ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा विशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था, राधी विद्युत कम्पनी, कालिका पावर कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी रहेका छन् ।

यस्तै, आज लक्ष्मी उन्नती कोष र कुमारी इक्युटी फण्डको शेयरमूल्यमा गिरावट आएको छ । यसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ ।

यता, कारोबारको आधारमा भने आज सबैभन्दा नेपाल बैंक लिमिटेडको कारोबार भएको छ । यस कम्पनीले आज ४९ करोड भन्दा माथिको कारोबार गरेको छ