logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनसुन पुनः सक्रिय बनेसँगै देशका केही स्थानमा भारी वर्षाको सम्भावना


अंकुरण खबर
910
Shares

केही दिनदेखि कमजोर रहेको मनसुन सोमबारदेखि पुनः सक्रिय बनेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी सक्रियतासँगै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

मनसुन न्यूनचापीय रेखा विस्तारै नेपालको तराई भूभाग नजिक आउने क्रम सुरु भएसँगै देशभरको मनसुन सक्रिय हुनेक्रम बढेको हो। आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।