logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य बढ्यो


अंकुरण खबर
871
Shares

नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

आइतवारको तुलनामा आज छापावाला सुन प्रतितोला एक सय रुपैयाँले बढेर तोलामा ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार छापावाला सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

महासंघका अनुसार, आज तेजाबी सुनको मूल्य पनि प्रतितोला एक सय रुपैयाँले नै बढेर तोलामा ९१ हजार छ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको छ ।