logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रेशम चौधरी निर्वाचन आयोगमा


अंकुरण खबर
624
Shares

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका छन ।

कार्यकारिणी सदस्य रहेका चौधरी सदस्यता सनाखतका लागि आयोग पुगेका हुन। चौधरीलाई आयोग परिषरमा जसपाका दुवै पक्षले तानातान गरेका छन् । तर चौधरीले उपेन्द्र पक्षमा उभिने बताएका छन ।

यसअघि कारागारमै हस्ताक्षर सनाखत गराउने प्रयास गरे पनि चौधरीले अस्वीकार गरेका थिए।

जसपाको आधिकारिकता विवाद निरूपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई आज सोमवार बोलाएको हो । अहिले जसपाका सबै नेता सनाखतका लागि निर्वाचन आयोगमा छन् ।