logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषधसहित दुई युवा पक्राउ


अंकुरण खबर
975
Shares

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित दुई जना युवालाई पक्राउ गरेको छ ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर पाँच गणेशचोकबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर पाँचका ३० वर्षीय खडानन्द पौडेल र २५ वर्षिय सन्दीप बिक छन् । शंकास्पद रूपमा हिडिरहेका युवालाई चेकजाँच गर्दा तीन सय मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनीहरूलाई जाँच गर्ने क्रममा सन्दीपको बाँया हातको मुठ्ठीभित्र पलाष्टिकमा बेरेको ब्राउनसुगर जस्तो देखिने धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपि रामप्रसाद घर्तीले जानकारी दिए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको घर्तीले बताए ।