logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदुरपश्चिममा भोलीदेखि खोप बितरण गरिने


अंकुरण खबर
689
Shares

सुदूरपश्चिम प्रदेशमा भोलीदेखि कोरोना बिरुद्धको खोप बितरण गरिने छ ।

यसका लागि बिभिन्न स्थानमा खोप केन्द्रहरु तोकिएका छन् । सुदुर पश्चिमको संघीय सरकारले झण्डै साढे तीन लाख डोज कोरोना विरुद्धको खोप धनगढी पु¥याइएको छ ।

संघीय सरकारले पठाएको भेरोसेल र जोन्सन एण्ड जोन्सन कम्पनीको गरी तीन लाख ३५ हजार डोज खोप धनगढी पुगेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ ।

स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम बिष्टले एक लाख ९८ हजारभन्दा बढी डोज भेरोसेल र एक लाख ३६ हजार डोज जोन्सन एण्ड जोन्सनको खोप धनगढी पठाइएको जानकारी दिए ।

उनका अनुसार भेरोसेल खोप ५५ वर्ष र सो भन्दा माथिको उमेर समूहका सबै नागरिकलाई लगाउन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ ।