कृष्णबहादुर महराले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् ।
काठमाडौं जिल्ला अदालतकै फैसलालाई सदर मान्दै पाटन उच्च अदालतले महरालाई सफाइ दिएको हो ।
न्यायाधीशद्वय माधव पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले महरालाई सफाइ दिएको हो ।
संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो । महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए ।
काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो ।
त्यसलगत्तै सरकारी वकिलबाट पुनरावेदन भएपछि आज उच्च अदालत पाटनबाट पनि सफाइ पाएका हुन् ।