logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ३८९९ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु


अंकुरण खबर
1.482K
Shares

नेपालमा थप ३८९९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २७२६ र एन्टीजेन परिक्षणबाट ११७३ गरि कुल ३८९९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७७८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४।४ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ३५६ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १२६५५ पिसिआर र ४८६३ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार ८३६ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ८९८ जना रहेका छन् भने होम आइसोलेसनमा २५ हजार ९३८ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ६११ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७५८ पुगेको छ ।