गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।
मुसिकोटमा भएको उक्त जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान हुन नसकेको जनाइएको छ ।
शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीव दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै ज्यान गएको हो भने एक जना गम्भिर घाइते भएको जनाइएको छ ।