logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

आज सुनचाँदीको मूल्य बढ्यो


अंकुरण खबर
1.248K
Shares

नेपाली बजारमा आज (बिहीवार) सुनको मूल्य प्रतितोलामा तीन सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार छापावाला सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, आज तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भएको छ ।