logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपरासीमा १ लाख ४२ हजार सहित १८ जना जुवाडे पक्राउ


अंकुरण खबर
715
Shares

जुवा खेलिरहेका १८ जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रहरीले गए राति साढे १ बजेको समयमा देवचुली नगरपालिका –६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ गरेको हो ।

जुवा खेलिरहेको ठाउँबाट १ लाख ४२ हजार ९ सय ४० रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

पक्राउ परेका १८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखि उनीहरुमाथि थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।