logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिकित्सा शिक्षा आयोगले स्नातक प्रवेश परीक्षाको नतिजा यो साता सार्वजनिक गर्ने


अंकुरण खबर
2.951K
Shares

चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा आगामी साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगले पहिलो पटक लिएको चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको उत्तरपुस्तिका आज साँझसम्म आयोगमा संकलन भइसक्ने र भोलिदेखि परीक्षणको काम शुरु गर्ने तयारी रहेको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जानकारी दिए ।

उनले भने ‘आजसम्म उत्तरपुस्तिका संकलन भईसक्छ । भोलिदेखि परीक्षणको काम शुरु हुन्छ । आगामी साताभित्र नतिजा सार्वजनिक गर्न सक्छौं ।’

आयोगले साउन ९ देखि १३ गतेसम्म उपत्यकामा २८, धरानमा ६, चितवनमा ६, पोखरा र नेपालगञ्जमा दुई/दुई स्थानमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरेको थियो । एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ लगायत विषयको प्रवेश परीक्षा लिइएको हो ।