logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक


अंकुरण खबर
1.235K
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

आज दिउसो ३ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवन बैठक बोलाइएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

आजको स्थायी कमिटी बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने जनाइएको छ। उनका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुनेछ।

यअसघि पनि तुलसीलाल स्मृति भवनमा एमाले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बसेको थियो। त्यसमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएको थिएन।