logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १२ अर्बभन्दा माथि


अंकुरण खबर
559
Shares

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से झिना अंकले बढेको छ।

नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ अंकमा झरेको छ। यस दिन ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ अंकले बढेको छ।

यस्तै आइतबार २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३ सय ५२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब १० करोड भन्दा धेरै रकमको कारोबार भएको छ।

समूहगत आधारमा यस दिन बैंकिङ ५, होटल तथा पर्यटन ९१, फाइनान्स ३१, निर्जीवन बीमा १७१, अन्य ३१ र जीवन बीमा समूह २०९ अंकले घटेका छन्। ब्यापार ७०, विकास बैंक १९, जलविद्युत ७९, उत्पादन ३४ र माइक्रोफाइनान्स समूह ६५ अंकले बढेका छन्।

यस दिन घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर, कालिका पावर, ग्रीनलाइफ हाइड्रो, युनिभर्सल पावर, जीवन विकास लघुवित्त, ङादी गुरुप पावरको मूल्य यस दिन १० प्रतिशतले बढेको छ।

यस्तै चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै ३.८ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा नेसनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।