पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२६३६ जनामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा दुई हजार २० जना कोरोनाका बिरामी निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या हालसम्म ६ लाख ५६ हजार एक सय ९७ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार दुई सय ९८ जना रहेका छन् ।