logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भाषा परीक्षा पास गरेर बसेकालाई कोरिया पठाउन निर्देशन


अंकुरण खबर
2.249K
Shares

कोरियाली भाषा परीक्षा पास गरेर बसेकाहरूलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिइएको छ।

राष्ट्रिय सभाअन्तगर्तको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज (आइतबार) सिंहदरबारमा बसेको बैठकले भाषा परीक्षा पास गरेर बसेका करिब १० हजार नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरी तत्काल दक्षिण कोरिया पठाउन निर्देशन दिएको हो।

समितिले प्रधानमन्त्री कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई त्यस्तो निर्देशन दिएको हो।

भाषा परीक्षा पास गरेका लागि कोरिया पठाउन सरकारले आलटाल गरेको भनी समितिमा परेको उजुरीमाथि छलफल गरेको समितिले श्रम, रोजगार मन्त्रालयसँग छलफल गरेको थियो।

बैठकमा समिति सदस्य खिमलाल देवकोटा, राधेश्याम अधिकारीलगायतले सबै प्रक्रिया पूरा गरेका नेपालीलाई कोरिया पठाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए।