logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

एन्फा सहायक महासचिव अर्यालको राजीनामा


अंकुरण खबर
1.82K
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्तराज अर्यालले राजीनामा दिएका छन्।

उनले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र पठाएर राजीनामा दिएका हुन्। एन्फाको विधान संशोधन भएकाले पदमा बसिरहन उपयुक्त नभएको भन्दै उनले राजीनामा दिएका हुन्।

एन्फाको साधारणसभाले विधान संसोधन गरेको थियो। जसअनुसार, मनोनित पदहरु खारेज गरिएको थियो।

सहायक महासचिव अर्याल मनोनयन भएर एन्फा पदाधिकारी बनेका थिए। अध्यक्ष शेर्पाले १७ जनालाई कार्यसमितिमा मनोनित गरेका थिए।

उनीहरुमध्ये सहायक महासचिव अर्यालले राजीनामा दिएका हुन्। मनोनित पद खारेज गरिएकाले नैतिक रुपमा राजीनामा दिएको उनको भनाइ छ।