logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम: प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने


अंकुरण खबर
585
Shares

आज प्रदेश-१, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रदेश-१ र बाग्मती प्रदेशको पूर्वी क्षेत्रमा अहिले केहीबेर पछि नै वर्षा हुने अनुमान गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । बाग्मतीका अन्य क्षेत्रमा भने दिउँसो पछि पानी पर्नेछ ।

काठमाण्डौको मौसम भने यतिबेला सफा छ । तर, बेलुका र राति पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै, आज बेलुका नै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् ।