logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होण्डा सीबी ३५० आरएस नेपाली बजारमा


अंकुरण खबर
1.105K
Shares

होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले पारखीहरूका लागि बहु प्रतिक्षित होण्डाको सीबी ३५० आरएस सार्वजनिक गरेको छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने पारखी ग्राहकका लागि कम्पनीले उक्त बाइक नेपाली बजारमा ल्याएको हो ।
यसमा ३५० सिसीको इन्जिन रहेको छ ।

कम्पनीका अनुसार होण्डा सीबीमा एडभान्स डिजिटल एनालग मिटर, डुअल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टु एम्टी, एभरेज माइलेज, रियल टाइम माइलेजलगायत विशेषता रहेका छन् ।

यसको मूल्य सात लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।