logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सानिमा इन्स्योरेन्सको आईपीओ खुल्यो


अंकुरण खबर
1.17K
Shares

आज (बुधबार) देखि सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६० करोड बराबरको ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणमा बिक्री गर्ने कुल ६० कित्ता आईपीओमध्ये पाँच प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारीहरुलाई र पाँच प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओ जारी भएपछि कम्पनीको चुक्तापुँजी दूई अर्ब पुग्नेछ ।

आईपीओ साउन २४ गतेसम्म बिक्रीमा रहने छ । कम्पनीका अनुसार आईपीओ बिक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्म बन्द हुनेछ ।

कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । आईपीओ खरिदका लागि न्यूनतम दश कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै सि–आस्वा सेवासमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शखा कार्यालयबाट मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिनेछ ।