logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ


अंकुरण खबर
1.651K
Shares

काठमाडौं – मालपोत कार्यालय लेखनाथ कास्कीमा खरिदार प्रकाश पौडेलसहित २ जना घुससहित पक्राउ परेका छन्।

खरिदार पौडेल र लेखापढी व्यवसायी मनोहरि भट्टराईले सेवाग्राहीको जग्गा नामसारी गरिदिने बहानामा घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  जनाएको छ।

उनीहरुलाई १२ हजार घुस लिइरहेको अवस्थामा पोखरा महानगरपालिका २९ मालपोत कार्यालय परिसर नजिकबाट पक्राउ गरि अनुसन्धान भइरहेको अख्तियार जनाएको छ।