logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर बैतडीमा दाजुभाइको मृत्यु


अंकुरण खबर
936
Shares

जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दाजुभाइको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर बैतडीको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो।
बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

जङ्गली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको र उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको उनले बताए। करेन्ट लाग्ने बित्तिकै दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएके छ।