logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढीले मेलम्चीका थप १८ घरपरिवार विस्थापित


अंकुरण खबर
2.366K
Shares

मेलम्ची नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का थप १८ घरपरिवार विस्थापित भएका छन् ।

यसअघि गएको असार १ गते आएको बाढीका कारण त्यही ठाउँका सात परिवार विस्थापित भएका थिए। त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिए।

मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन्। विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले बताए।

विस्थापितलाई तत्काल बास तथा खाद्यान्न अभाव नहोस् भनेर नगर उपप्रमुख भगवती नेपालले खाद्यान्न तथा टेन्ट वडा नं ६ को कार्यालयमा पुर्याइएको जानकारी दिए।