logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु


अंकुरण खबर
2.288K
Shares

नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ ।

काठमाडौँको नयाँ बानेश्वरमा केही बेरअघिबाट बैैठक सुरु भएको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए । उनकाअनुसार बैठकमा सामसामयिक राजनीतिक र आगामी रणनीतिबारे छलफल हुनेछ ।

‘बैठक आजै टुङिगन्छ,’ उनले भने, ‘ वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुन्छ । आगामी पार्टी रणनीति पनि बैठकले तय गर्ने उनले बताए ।

बैठकमा ९० जना बढी केन्द्रीय सदस्य उपस्थित रहेको उनले दाबी गरे ।

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग एकताका विषयमा ठोस छलफल गर्ने तयारी भएपनि कुरा नमिल्दा माधव नेपाल समूह सरकारमा जाने वा पार्टी एकता गर्ने भन्ने विषयमा अलमलमा छ ।

तर माधव नेपाल पक्षको बैठकमा सहभागि नहुन एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।