logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि देशभर भेरोसेलको दोस्रो डोज लगाइँदै


अंकुरण खबर
1.95K
Shares

कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि देशभर लगाइने भएको छ।

स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ। गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो डोज लगाइनेछ।

त्यस्तै, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकलाई पनि खोप लगाइनेछ। उनीहरुका लागि भने छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागले जनाएको छ।

पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोज लगाइने छ। साउन २४ गतेसम्म दोस्रो डोज लगाइने विभागले जनाएको छ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको जनाएको छ। त्यसका लागि आवश्यक खोप पनि पठाइसकिएको जनाएको छ।