logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

जापानबाट आज थप तीन लाख डोज खोप आउँदै


अंकुरण खबर
1.586K
Shares

जापान सरकारले अनुदानमा दिएको थप तीन लाख डोज एस्ट्राजेनेका खोप आज आइपुग्न लागेको छ।

जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिएको छ। जसमध्ये पहिलो चरणमा आठ लाख डोज खोप आउन लागेको हो।

शनिबार पाँच लाख डोज खोप ल्याइउको छ। आज थप तीन लाख डोज खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको स्वास्थ्य सेवा विभागका खोप महाशाखा प्रमुख झलक शर्मा गौतमका अनुसार बाँकी आठ लाख डोज खोप अर्को साता आउनेछ।

कोभ्याक्स सुविधा अन्तर्गत जापानबाट खोप आएको हो। आज ९ः४५ बजे तीन लाख खोप आउन लागेको उनले बताए।

यो खोप भोलिदेखि वृद्धवृद्धालाई लगाइने भएको छ। प्रदेश १ र २ बाहेक पाँच वटा प्रदेशमा वृद्धवृद्धालाई दोस्रो डोज लगाइनेछ।