logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाइ, साँझ ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक


अंकुरण खबर
1.365K
Shares

कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइ गरिएको छ ।

भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञाको अरु मोडालिटी भने पहिलेकोलाई नै निरन्तरता दिइएको छ ।