logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

नेपालमा फेरि मनसुन सक्रिय, एक साता देशभर वर्षा हुने


अंकुरण खबर
871
Shares

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेको मौसमविदहरुले बताएका छन् ।

योसँगै आगामी साता देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुने विभागका मौसमविद् समिर श्रेष्ठले बताए । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने उनको भनाइ छ । वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।