logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरुवा बन्दुकसहित एकजना पक्राउ


अंकुरण खबर
689
Shares

प्रहरीले दुईनाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

मादी गाउँपालिका-५ थाम बस्ने २६ वर्षीय कोष बहादुर गुरुङलाई एक थान दुईनाले भरुवा बन्दुक, सोही बन्दुकको ५ थान गोली र २ सय ग्राम बारुदसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा अवैध हातहतियार राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।