आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा अर्चना गरी मनाइँदै छ ।
विशेषतः हिन्दुधर्मावालम्वीहरुले आज घरको मूलढोकामा नाँग टाँसी नागको पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने साथै अग्नि र चट्याङको डर नहुने धार्मिक विश्वास रहदै आएको छ । घरघरमा पानीको इनार,ट्याङ्कीमा पनि नागको प्रतिमा बनाई पूजा गर्दा वर्ष भरी पानीको दुख नहुने विश्वास गरिन्छ ।
आज देशैभर नागदह,पोखरी,नागको वासस्थान र काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायतमा नागको पूजा आरधाना गरिन्छ ।