गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गरेको अभियोगमा पक्राउ परेका आशिष प्याकुरेललाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत ललितपुरले ललितपुरको महालक्ष्मी नगरपालिका– ४ मा औषधि सप्लायर्स खोलेर गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरेको आरोपमा पक्राउ परेका प्याकुरेललाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सुनसरी रामधुनी नगरपालिका– १ ठेगाना भएका प्याकुरेललाई अपराध महाशाखाको टोलीले गत जेठ ९ गते पक्राउ गरेको थियो ।
प्याकुरेलको कारखानाबाट प्रहरीले १० ट्रक गुणस्तरहीन स्यानिटाइजर बरामद गरेको थियो । प्याकुरेलले म्याथोलोन रसयान प्रयोग गरेर स्यानिटाइजर बनाई बजारमा पठाएका थिए । जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।