बालबालिका र किशोर किशोरीका लागि लक्षित गरि सरकारले ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ ।
२०२२ मार्चसम्ममा नेपाल आइपुग्ने गरि सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरेर मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको हो ।
सरकारले कोभ्याक्ससँग विश्व बैंकको वित्तिय सहयोगमा लागत साझेदारीमार्फत खरिद गरिने खोपका लागि ‘गाभीसँग सम्झौता गरेको हो ।
विश्व बैंकले १०४ मिलियन डलर कोरोना महामारी विरूद्ध जुट्न उपलब्ध गराएकोमा खोप किन्न मात्र ६७.५ मिलियन खर्च गर्ने छ ।